गोरखाबाट काठमाणडो सदस्य भेटघाट

गोरखाबाट काठमाणडो सदस्य भेटघाट

गोरखाबाट काठमाणडो सदस्य भेटघाट

गोरखा जिल्लाको भिमसेन थापा गाँउपालिका वडा नं. ४,६,७,८, गोनपा १,२ शहिद लखन गाँउपालिका ७, ८मा कार्यक्षेत्र भई सदस्य र समुदायमा आधारित नेपाल स्तरको गुणस्तर प्रमाणिकृत संस्थाको रुपमा परिचित भिमकुल वचत तथा ऋण सहकारी संरुस्था लि.को सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौमा रहनु हुने सदस्यहरु संग काठमाण्डौको नयाँबजारमा फाल्गुण १५ गते सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम आ.व.२०७७/७८को लागि तय गरिएका रणनीतिहरु र कार्यान्वयनको अवस्था, आ.व.२०७७/७८कोको निर्धारित लक्ष्य तथा प्रगती हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरुको बारेमा बिस्तृत छलफल भएको छ ।

भएको थियो ।

 

 

संस्थाको कार्यक्षेत्र भित्र स्थाई बसोवास रहुनभएको तर बिभिन्न पेशा, ब्यवसायमा आवद्ध हुनुभएका शेयर सदस्यहरुलाई लक्ष्ति गरि संस्थाको साधारण सभा लगायत बिभिन्न गरिबिधि, कार्यक्रमवाट छुटनु भएको शेयर सदस्यसंग कारोबार गर्न कठिन हुने आदि समस्यालाई समाधान गर्न छलफल कार्यक्रम राखिएको बारे संस्थाको सचिव श्री भूमि गोतामेले जानकारी गराउनु भएको थियो । सचिव भूमि गोतामेले सञ्चालन गर्नुभएको कार्यक्रमा संस्थाको उपाध्यक्ष श्री राम चन्द्र श्रेष्ठले स्वागत मन्तब्य, प्रमुख सल्लाहकार चित्र कुमार श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाको आर्थिक गतिबिधी शेयर सदस्य संख्या ३ हजार ३ सय ६२, वचत तथा निक्षेप तर्फ २१ करोड ८२ लाख, ऋण लगानी २१ करोड ७५ लाख, संस्थागत कोष ३ करोड १४ लाख र कुल सम्पत्ति २८ करोड ६९ लाख पु¥याउन सफल भएको ब्यवस्थापक नवराज श्रेष्ठले प्रस्तुतिकरणका क्रममा जानकारी गराउनु भएको थियो ।